१८ अंकले घट्यो नेप्से, होटेलबाहेकका सबै क्षेत्र ओरालो

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ । नेप्से ०.६८ प्रतिशतले घटेर २६३५.०९ को विन्दुमा पुगेको हाे ।

आज ७ अर्ब ३० करोड रुपैयाँमा एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । ५५ कम्पनीको सेयर मूल्य बढेको छ । १८० कम्पनीको सेयर मूल्य घट्दा ७ को स्थिर छ ।

सबैभन्दा धेरै कमाउनेमा आज बराही हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, सप्तकोसी विकास बैंकको सेयर सबैभन्दा धेरै ९.२३ प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ मध्ये होटेल क्षेत्रको समूहगत परिसूचक मात्रै बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *