राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘३०३ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस’ को अवसरमा र्याली तथा जलपान समारोहको आयोजना गर्ने भएको छ । आगामी शनिबार बिहान १० बजेदेखि दरबारमार्गस्थित महेन्द्र सालिकबाट पृथ्वी शालिकसम्म र्याली र माल्यार्पण कार्यक्रम गरिने राप्रपाले जनाएको छ ।
नेपालीलाई नाम र पहिचान दिने श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सहभागिता जनाउन राप्रपाले सबैमा आह्वान गरेको छ । राप्रपाले हरेक वर्ष विविध कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाउँदै आएको छ ।