कोशीकै लामो झोलुङ्गे पुलको उद्घाटन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन भएको छ। झापा क्षेत्र नम्बर १ का सांसद तथा  नेपाली कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माले बिहीबार उक्त पुलको उद्घाटन गरेका छन ।

झापाको  बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वार्डलाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको उक्त झोलुङ्गे पुलको शिलान्यास समेत विश्वप्रकाश शर्माले ५ महिना पहिले गरेका थिए ।

स्थानीय वडा नम्बर ६ र ७ जोड्ने गरी टिमाई खोलामा बनेको सो पुलको लम्बाइ ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपियाँ खर्च भएको छ । पुल उदघाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं लगायतको उपस्थिति रहेकाे थियो ।

पुलको भारवहन क्षमता ९० मेट्रिक टन छ भने पुलबाट एकैपटकमा ६४७ जनाले ओहोर दोहोर गर्न मिल्ने बताइएको छ। पछिल्लो समय झापामा झोलुङ्गे पुल निर्माणले तीव्रता पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *