अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता फागुनमा

मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फेब्रुअरीमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । एन्फाले चार देशका टिम सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ५ देखि शुरु हुने फुटबल प्रतियोगिता फागुन १४ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, किर्गिस्तान, लेबनान र म्यानमारको महिला फुटबल खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

खेलहरु फिफा विन्डोमा हुन लागेको हुनाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने एन्फाले जनाएको छ । गत कात्तिकमा नेपालमा साफ महिला च्याम्पियनसीप भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *