भीम रावल, विन्दा पाण्डे र उषाकिरणमाथिको कारबाही फिर्ता हुँदैन, बरू थप कारबाही हुनसक्छ : ओली

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेकपा एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी बाहिर रहेका सबै नेता-कार्यकर्तालाई फर्कन आह्वान गरेको छ। तर, पार्टीको नीतिविपरीत जाने नेता-कार्यकर्तालाई नछाड्ने चेतावनीसमेत दिइएको छ।

पार्टी कार्यालय च्यासलमा बसेको तीन दिने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीत जाने जोकोहीलाई कारबाहीको कडा नीति अवलम्बन गर्ने चेतावनी दिए। अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राख्ने क्रममा धेरै नेताहरूले पूर्व उपाध्यक्ष भीम रावलसहित विन्दा पाण्डे र उषाकिरण तिमल्सेनाको कारबाहीको विषय उठान गरेका थिए।

बैठकको अन्तिम दिन मंगलबार जवाफ दिने क्रममा अध्यक्ष ओलीले पार्टीको हित विपरीत लाग्ने जोकोहीविरुद्ध कडा नीति अवलम्बन गर्ने चेतावनी दिए। उनले केही नेताहरूविरुद्ध परेका कारबाही फिर्ता पनि नहुने अडान राखे।’पार्टीको नीति विपरीत लाग्ने, पार्टीको बदनाम गर्दै हिंड्ने, पार्टीलाई तथानाम गाली गर्दै हिंड्नेहरूको कारबाही फिर्ता हुँदैन। पार्टीको हितविपरीत गतिविधि कायमै रहे थप कारबाही हुन्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो। सोही बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो। रावलले दसौं महाधिवेशन यता पार्टीको जिम्मेवारी ननिभएको र पार्टीविरुद्ध गतिविधि गर्दै आएको एमालेले बताएको थियो। विन्दा र उषाकिरणले भने कीर्तिपुरमा बन्ने भनिएको पार्टी कार्यालयका विषयमा सामाजिक सञ्जालमा पार्टीविपरीत अभिव्यक्ति दिएको एमालेले जनाएको थियो।

एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले पनि कारबाही गरिएकाहरूको आगामी भूमिकाले कारबाही थपिने वा फुकुवा हुने निर्धारण गर्ने बताए। ‘दसौं महाधिवेशन यता भीम रावलको भूमिका पार्टीप्रति राम्रो थिएन। आगामी दिनमा उहाँको भूमिका कस्ताो रहन्छ, त्यसलेमात्रै बाँकी विषय निर्धारण हुन्छ,’ उनले भने। विन्दा र उषाकिरणको पनि आगामी भूमिकामा बाँकी विषय निर्भर रहने उनको भनाइ छ। viber sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *