बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको विवादित अडियो झिकाउन सर्वोच्चको आदेश

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमाण झिकाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको मंगलबारको इजलासले अडियो र भिडियोलगायत सामग्री मगाउन आदेश गरेको हो ।
सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्द घिमिरेले अवहेलना निवेदन दर्ता गराएका हुन् । गत कात्तिक २ मा दर्ता भएको निवेदनमाथि न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले सुनुवाइ गर्दै सात दिनभित्र अध्यक्ष घिमिरेलाई आफैँ वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन भनेको थियो ।

जवाफ पेस भएपछि ३ पुसमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो भने आज प्रमाण झिकाउने आदेश भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *