काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या यथावत रहेपछि काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या यथावत रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार पनि ५० अर्ब रुपैयाँ उठाएको छ ।यसअघि राष्ट्र बैंकले १७ पुसमा ४० अर्ब, १४ पुसमा ७० अर्ब, ९ पुसमा ४० अर्ब, ७ पुसमा ६० अर्ब र ३ पुसमा १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । यसरी पछिल्ला १८ दिनमै राष्ट्र बैंकले ३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको छ ।
आइतबार नेपाल राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको हो ।निक्षेप दिन चाहेका बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म बोलकबोल गरेका थिए ।अहिले बजारमा लगानीयोग्य पुँजीको अधिकताका कारण नेपाल राष्ट्र बैंकले ३ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ प्रशोचन गरिराखेको छ । बैंकहरूले निक्षेप संकलन उपकरणमा २ खर्ब २७ अर्ब ४० करोड तथा स्थायी निक्षेप सुविधा (एसडीएफ)मा १ खर्ब ८ अर्ब ३० करोड रुपैयाँ राखेका छन् ।
नेपाल राष्ट्र बैंकले अधिक तरलता प्रशोचन गर्नका लागि निरन्तर रूपमा तरलता खिचिरहेको छ । यसअघि राष्ट्र बैंकले गत १७ पुसमा मात्रै निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब तरलता प्रशोचन गरेको थियो । त्यसबेला औसत ब्याजदर २ दशमलव ९९ प्रतिशत कायम भएको थियो । चालू आर्थिक वर्ष सुरु भएयता निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ३६ पटकमा १३ खर्ब ३९ अर्ब २५ करोड रुपैयाँ खिचिसकेको छ ।
बैंकहरूमा निक्षेप बढ्ने तर सोहीअनुसार कर्जाको माग नहुँदा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६६ खर्ब ७५ अर्ब रहेको छ भने ५३ खर्ब ६३ अर्ब कर्जा लगानी पुगेको छ । बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९ दशमलव शून्य ६ प्रतिशत कायम रहेको छ । बैंकहरूले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गरेर लगानी गर्न पाउँछन् । बैंकहरूको हालको सीडी रेसियो हेर्दा बैंकहरूमा ६ खर्ब ४७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ ।
अहिले कर्जा माग्नेभन्दा पनि बचत गर्नेको संख्या बढेका कारण अधिक तरलताको सामना गर्नुपरिरहेको बैंकर्सहरूको भनाइ छ । सहकारीहरू क्रमिक रूपमा समस्याग्रस्त हुँदै बचतकर्ताको रकम लिएर भाग्नेक्रम बढेपछि वाणिज्य बंैकहरूमा बचत गर्नेको संख्या बढेको हो ।यसैगरी, कर्जा लिएर व्यापार व्यवसाय गर्ने पुस्ता बिदेसिएका कारण पनि कर्जाको माग नबढेको बताइएको छ । रेमिट्यान्स बढेपछि व्यापार व्यवसायमा भन्दा बचतमा सुरक्षा देखिएपछि पनि बैंकहरूमा अधिक तरलता भएको बताइएको छ ।
डेढ वर्ष अघिसम्म बैंक तथा वित्तीय संस्थासँग कर्जा लगानी गर्ने रकम थिएन, अहिले भने रकम थुप्रिएको छ । अधिक तरलताले मुलुकमा आर्थिक गतिविधि सुस्त रहेको र विकास निर्माण तथा उद्यमको विस्तार नभएको जनाउँछ ।स्थानीय सरकारसहित संघीय र प्रदेश सरकार विकास खर्चमा कमजोर भएकाले पनि बैंकिङ प्रणालीमा रकम थुप्रिएको हो । अत्यधिक तरलता हुँदा मुद्रा बजारमा असन्तुलनको सम्भावना रहन्छ । यस अवस्थालाई नियन्त्रण गर्न राष्ट्र बैंकले निक्षेप संकलनजस्ता उपकरण प्रयोग गर्दै वित्तीय प्रणालीमा स्थिरता कायम राख्न तरलता प्रशोचन गर्ने गर्छ ।
बैंकिङ प्रणालीमा तरलता घटाउने नेपाल राष्ट्र बैंकको प्रयासले मुद्रा आपूर्ति नियन्त्रण गर्दै मुद्रास्फीति नियन्त्रण गर्न योगदान पु¥याउन सक्छ । साथै, यसले वित्तीय प्रणालीलाई सन्तुलित बनाउँदै कर्जा व्यवस्थापनमा सहजतासमेत ल्याउने गर्छ ।ले आइतबार पनि ५० अर्ब रुपैयाँ उठाएको छ ।यसअघि राष्ट्र बैंकले १७ पुसमा ४० अर्ब, १४ पुसमा ७० अर्ब, ९ पुसमा ४० अर्ब, ७ पुसमा ६० अर्ब र ३ पुसमा १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । यसरी पछिल्ला १८ दिनमै राष्ट्र बैंकले ३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको छ ।आइतबार नेपाल राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको हो ।
निक्षेप दिन चाहेका बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म बोलकबोल गरेका थिए ।अहिले बजारमा लगानीयोग्य पुँजीको अधिकताका कारण नेपाल राष्ट्र बैंकले ३ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ प्रशोचन गरिराखेको छ । बैंकहरूले निक्षेप संकलन उपकरणमा २ खर्ब २७ अर्ब ४० करोड तथा स्थायी निक्षेप सुविधा (एसडीएफ)मा १ खर्ब ८ अर्ब ३० करोड रुपैयाँ राखेका छन् ।
नेपाल राष्ट्र बैंकले अधिक तरलता प्रशोचन गर्नका लागि निरन्तर रूपमा तरलता खिचिरहेको छ । यसअघि राष्ट्र बैंकले गत १७ पुसमा मात्रै निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब तरलता प्रशोचन गरेको थियो । त्यसबेला औसत ब्याजदर २ दशमलव ९९ प्रतिशत कायम भएको थियो । चालू आर्थिक वर्ष सुरु भएयता निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ३६ पटकमा १३ खर्ब ३९ अर्ब २५ करोड रुपैयाँ खिचिसकेको छ ।
बैंकहरूमा निक्षेप बढ्ने तर सोहीअनुसार कर्जाको माग नहुँदा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६६ खर्ब ७५ अर्ब रहेको छ भने ५३ खर्ब ६३ अर्ब कर्जा लगानी पुगेको छ । बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९ दशमलव शून्य ६ प्रतिशत कायम रहेको छ । बैंकहरूले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गरेर लगानी गर्न पाउँछन् । बैंकहरूको हालको सीडी रेसियो हेर्दा बैंकहरूमा ६ खर्ब ४७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ ।
अहिले कर्जा माग्नेभन्दा पनि बचत गर्नेको संख्या बढेका कारण अधिक तरलताको सामना गर्नुपरिरहेको बैंकर्सहरूको भनाइ छ । सहकारीहरू क्रमिक रूपमा समस्याग्रस्त हुँदै बचतकर्ताको रकम लिएर भाग्नेक्रम बढेपछि वाणिज्य बंैकहरूमा बचत गर्नेको संख्या बढेको हो ।यसैगरी, कर्जा लिएर व्यापार व्यवसाय गर्ने पुस्ता बिदेसिएका कारण पनि कर्जाको माग नबढेको बताइएको छ । रेमिट्यान्स बढेपछि व्यापार व्यवसायमा भन्दा बचतमा सुरक्षा देखिएपछि पनि बैंकहरूमा अधिक तरलता भएको बताइएको छ ।
डेढ वर्ष अघिसम्म बैंक तथा वित्तीय संस्थासँग कर्जा लगानी गर्ने रकम थिएन, अहिले भने रकम थुप्रिएको छ । अधिक तरलताले मुलुकमा आर्थिक गतिविधि सुस्त रहेको र विकास निर्माण तथा उद्यमको विस्तार नभएको जनाउँछ ।स्थानीय सरकारसहित संघीय र प्रदेश सरकार विकास खर्चमा कमजोर भएकाले पनि बैंकिङ प्रणालीमा रकम थुप्रिएको हो ।
अत्यधिक तरलता हुँदा मुद्रा बजारमा असन्तुलनको सम्भावना रहन्छ । यस अवस्थालाई नियन्त्रण गर्न राष्ट्र बैंकले निक्षेप संकलनजस्ता उपकरण प्रयोग गर्दै वित्तीय प्रणालीमा स्थिरता कायम राख्न तरलता प्रशोचन गर्ने गर्छ ।बैंकिङ प्रणालीमा तरलता घटाउने नेपाल राष्ट्र बैंकको प्रयासले मुद्रा आपूर्ति नियन्त्रण गर्दै मुद्रास्फीति नियन्त्रण गर्न योगदान पु¥याउन सक्छ । साथै, यसले वित्तीय प्रणालीलाई सन्तुलित बनाउँदै कर्जा व्यवस्थापनमा सहजतासमेत ल्याउने गर्छ ।