नेपाल क्रिकेट संघ (क्यान)काे आयोजनामा टेस्ट संरचनाको जय ट्रफी मेन्स एलिट कप-२०८१ आइतबारदेखि जनकपुर र वीरगञ्जमा सुरु भएकाे छ । प्रतियोगिताको उद्घाटन खेल जनकपुरको रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय रंगशालामा मधेश प्रदेश र बागमती प्रदेशबीच भएकाे छ ।
प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका शीर्ष चार स्थानमा रहेका मधेश प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्बलकोे सहभागिता रहनेछ । मधेश प्रदेशका दुई ठूला शहरमा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको प्रतियोगिता जय ट्रफीलाई लिएर क्रिकेटप्रेमी उत्साहित देखिएका छन् ।
लिग चरणका खेल दुईदिवसीय र फाइनल तीनदिवसीय हुने जनाइएको छ । जय ट्रफीका लागि जनकपुरको रजौलस्थित रामजानकी रंगशाला र वीरगञ्जको नारायणी खेल मैदान तयारीको काम पूरा भएको अध्यक्ष पाण्डेले जानकारी दिए । रातो बल र सेतो जर्सीमा खेलाइने प्रतियोगिता माघ ३ सम्म सञ्चालन हुनेछ ।
विनोदको कप्तानीमा आर्मीको टोली
नेपाल आर्मी क्लबले विनोद भण्डारीको कप्तानीमा जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट खेल्ने टोली घोषणा गरेको छ । आर्मीको टोलीमा अधिकांश राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी समेटिएका छन् । टोलीमा भीम सार्की, साहब आलम, सुमित श्रेष्ठ, सोमपाल कामी, पवन कार्की, आकाश चन्द, सन्तोष कार्की, इमरान शेख, त्रितराज दास, बसिर अहमद, विवेककुमार यादव, नरेन साउद, दुर्गेश गुप्ता र कुशल मल्ललाई राखिएको छ ।
आरिफको कप्तानीमा पुलिस क्लब
नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट खेल्ने टोली घोषणा गरेको छ । नियमित कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपलब्ध नहुने भएपछि पुलिसले आरिफलाई कप्तानीको जिम्मा दिएको हो । दीपेन्द्र आइएल टी–२० क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (युएई) जाने हुनुभएको हो । टोलीमा आरिफसँगै राष्ट्रिय टोलीका कुशल भुर्तेल, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, अर्जुन साउद र सागर ढकाल छन । यस्तै, रशिद खान, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, शंकर राना, अभिनाश कर्ण र दिपक सेरेलालाई टोलीमा समेटिएको छ ।
सन्दीपको कप्तानीमा बागमतीको टोली
जय ट्रफी मेन्स एलिट कप-२०८१ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीमा सन्दीपसहित सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम रहेका छन । त्यस्तै, इशान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोशन विक, सूर्यांशु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ र तिलकराज भण्डारी पनि टोलीमा समेटिएका छन ।
हरिशंकर साहको कप्तानीमा मधेश प्रदेश
मधेश प्रदेश आफ्नै क्षेत्रमा हुन लागेको जय ट्रफी खेल्दैछ । मधेशको कप्तानमा राष्ट्रिय टिमबाट खेलिसकेका हरिशंकर साह छन । मधेशमा यू-१९ टोलीका अभिषेक तिवारी र अन्य खेलाडीमा रूपेश सिंह, मयन यादव, निरजकुमार यादव, साहिल पटेल, भुलावना साहनी, विशाल पटेल, रञ्जित कुमार, राजेश यादव, प्रदिप पासवान, अफ्रुदिन रेइन, हिमांशु दत्त, राहुल मण्डल र शैलेन्द्र शाह रहेका छन ।
मधेशका लागि कप्तान हरिशंकर आफैं टप अर्डरमा रहँदा मयन यादव र साहिल पटेलले पनि टप अर्डरमा खेल्दै छन । मिडल अर्डरमा अभिषेक तिवारी, हिमांशु दत्त, रूपेश सिंह विकल्प र बलिङमा रञ्जित कुमार, राजेश यादव, रूपेश सिंह, प्रदिप पासवानलगायतका विकल्पमा हुनेछन ।
राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको एपिएफ भने शीर्ष चारमा नपर्दा जय ट्रफी खेल्न नपाउने भएको छ । जसले गर्दा रोहितसहित आसिफ शेख, लोकेश बम, सन्दिप जोरा जस्ता खेलाडी जय ट्रफीमा देखिने छैनन । यसैगरी आइएल टी-२० क्रिकेट खेल्न गएकाले नेपाल पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीले पनि जय ट्रफी गुमाउनु ने छन दीपेन्द्र नहुँदा आरिफ शेखले पुलिसको कप्तानी गर्दै छन ।
चोटका कारण मधेशका दुई प्रमुख खेलाडी अनिलकुमार शाह र पवन सर्राफ पनि जय ट्रफीमा देखिने छैनन । प्रधानमन्त्री कपमा मधेशलाई शीर्ष चारमा पुर्याउन अनिल र पवनले महत्वपूर्ण भूमिका खेलेका थिए । मधेशले हरिशंकर शाहको कप्तानीमा जय ट्रफी खेल्नेछ । यस्तै, आर्मीको कप्तानी विनोद भण्डारी र बागमतीको कप्तानी सन्दीप लामिछानेले गर्दै छन ।