संघीयता खारेजीको माग गर्दै राप्रपाले कोशी प्रदेशमा संघर्ष गर्ने 

मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयताको खारेजी तथा भ्रष्टाचारको छानबिनलगायतका माग राखी सरकारलाई दबाब दिने भएको छ। राप्रपाको कोशी प्रदेश कार्यसमितिको विस्तारित बैठकले ११ बुँदे संकल्प प्रस्ताव पारित गर्दै मागहरू पूरा नभएसम्म अनवरत रूपमा संघर्षमा उत्रने निर्णय गरेको छ ।

राप्रपाले संघीयताको खारेजी, प्रजातन्त्रसहितको राजतन्त्रको स्थापना, धर्मनिरपेक्षताको खारेजी, सहकारीपीडितहरूको बचत फिर्ताको माग राखेको छ । त्यस्तै, सबै खालका भ्रष्टाचारको छानबिन, धर्मान्तरणमा रोक, विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागी हुने अधिकारको ग्यारेन्टीलगायत संकल्प प्रस्ताव पारित भएको राप्रपाको कोशी प्रदेश कार्यसमितिका अध्यक्ष रामकुमार थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कोशी प्रदेश समितिको इटहरीमा बसेको विस्तारित बैठकले माग पूरा गर्नका लागि संघर्षमा उत्रने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *