प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल श्रीमती सहकारि ठगी धन्दामा संलग्नकाे आराेपमा फरार रहेकी छन अब उनका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ ।
सत्ता र शक्तिको दबाबमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अनिललाई संरक्षण गर्दै आएका थिए तर उच्च अदालतले अनिलविरुद्ध जाहेरी दर्ता गर्न आदेश दिएको छ ।एमबीबीएसको प्रवेश परीक्षामा छोरीलाई उत्तीर्ण गराइदिने र होस्टलमा राख्ने वातावरण बनाइदिने आश्वासन दिएर अनिलले सप्तरीका बौआलाल चौधरीबाट २०७१ देखि ०७३ का बीचमा पटकपटक गरेर ३८ लाख ८० हजार लिएको आरोप छ ।
एमबीबीएसमा नाम ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्क्याएको बौआलालले बताए । यस विषयमा उनले प्रहरीमा जाहेरी दिँदा दर्ता भएन, जाहेरी दर्ताका लागि जिल्ला सरकारी वकिल कार्यालयबाट पनि सहयोग भएन । त्यसपछि जाहेरी दर्ताको आदेश माग्दै बौआलाल उच्च अदालत विराटनगर पुगेका थिए । उच्च अदालतले पुस ११ मा परमादेश दिएपछि मात्र ठगी आरोप सार्वजनिक भएको हो ।