रावलको आरोप प्रचण्डको ‘कपीपेस्ट’ : एमाले

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

एमालेले निष्कासनमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका आरोपको खण्डन गर्न आवश्यक नभएको बताएको छ । पार्टी सचिवालय बिहीबारको बैठकमा रावलले लगाएका आरोप २०७७ मा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि लगाएको ‘कपीपेस्ट’ भएको निष्कर्ष निकालिएको छ ।

 

‘हामीमाथि लगाएका गालीगलौज चर्चा गर्नुपर्ने विषय ठानेनौं । यो उहाँ (रावल) बाट अपेक्षित थियो । गालीले देश बन्ने होइन,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘हाम्रो गालीगलौजमा प्रतिस्पर्धा छैन । नौलो कुरा छैनन् । ती एक किसिमले२०७७ कात्तिकमा प्रचण्डले पेस गरेको ‘कपीपेस्ट’ नै हो । छलफल गर्नुपर्ने विषय ठानेनौ| ।’

पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष रावलले बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीलाई ‘स्वेच्छाचारी, निरंकुश र तानाशाही’ निर्णय गरेको भन्दै ७४ प्रश्न गरेका थिए । २०६८ मंसिरमा भएको दसौं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण आफूमाथि निषेधको नीति लिएको आरोपसमेत उनले लगाएका छन् ।

एमालेले गत कात्तिक ४ मा आफूलाई स्पष्टीकरण सोध्नुको औचित्य नभएकाले आफूले जवाफ नदिएको र आफूमाथि कारबाही गर्नुको वैधानिक आधार नभएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *