एकदर्जन ठेकेदार कंम्पनी कालोसूचीमा

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

समयमै काम सम्पन्न नगर्ने एक दर्जन निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने ठेकेदार कम्पनीमा एसएएस कन्स्ट्रक्सन प्रालि, एमएस इस्पुर सफ्टवेयर ग्रुप, मृत सन्जवनी–ग्याल्वा जेभी, लक्ष्मी कन्स्ट्रक्सन, सुष्मी कन्स्ट्रक्सन प्रालि, रबिन कन्स्ट्रक्सन, थोक्रा सप्लायर्स–मोनेकोर कन्स्ट्रक्सन, एमएस एमडी अप्टिकल सोलुशन प्रालि, शिलादेवी एसबिडि निर्माण सेवा प्रालि, खिम निर्माण सेवा र मेनका निर्माण सेवा छन् ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षका लागि कालोसूचीमा परेका यी निर्माण कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *