आज साँझदेखि देशका विभिन्न स्थानमा वर्षा हुने

काठमाडौं : आज साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले  हिउँदे मौसमको विशेष बुलेटिन  जारी गर्दै देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने जानकारी दिएको हो। पश्चिमी न्यून चापीय प्रणालीको कारण आजको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको छ। सो प्रणालीको प्रभावका कारण आज अपरान्हदेखि […]

Continue Reading

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति निधन भएको हो।भारतीय सञ्चार माध्यमका अनुसार उनी घरमै बेहोस भएका थिए। सो पश्चात् राति ८:०६ बजे दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान लगिएको थियो। अस्पतालले जारी गरेको बुलेटिन अनुसार उनलाई आपत्कालीन कक्षमा भर्ना गरिएको थियो। अस्पतालमै राति ९:५१ बजे उनको निधन […]

Continue Reading

दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ ।राष्ट्रपति हानले आफ्नो पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीशहरू नियुक्त गर्न अस्वीकार गरेपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो । हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानून घोषणा गरेपछि दक्षिण कोरिया राजनीतिक सङ्कटमा परेको […]

Continue Reading

बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला

बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला गरिएको छ।निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले जानकारी दिए।निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए। उक्त सवारीमा बढीमा १० जनाले जंगल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क […]

Continue Reading

तस्कर पक्राउ गर्न सेनाद्वारा हवाई फायर

नेपाली सेनाले हवाई फायर गरी हेटौँडाबाट गैंडाको खाँग तस्करीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।सेनाको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. ८ स्थित गर्दोईबाट बिहीबार मध्याह्न हवाई फायर गरी गैंडाको खाँग तस्करी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ […]

Continue Reading

मन्त्रिपरिषद् बैठकका निर्णय हरू

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते  मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न  निर्णय सार्वजनिक गरेका हुन ।सञ्चारमन्त्री गुरुङले सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको निर्णय बैठकले गरेको जानकारी […]

Continue Reading

शुक्रबार र शनिबार वर्षासहित हिमपात हुने

जल तथा मौसम विज्ञान विभागले भाेलि शुक्रबार अपराह्नदेखि शनिबार नेपालका धेरै भागमा मौसम बदली हुने बताएको छ । आज  विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण भाेलि साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको जनाएको हो । विभागले सो प्रणालीको प्रभावका कारण शनिवारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च […]

Continue Reading

राज्यसत्तामा ढेडु बाँदरहरूको मारामार छ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यसत्तामा ढेडु बाँदरहरूको मारामार रहेको बताएका छन् । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले राज्यसत्तामा उदेक लाग्दो अवस्था रहेको चित्रण गरे । कार्यक्रममा विप्लवले लंका जित्ने हनुमान भएपनि जस ढेडु बाँदरले […]

Continue Reading

रवि लामिछानेसँग ३ घण्टा बयान, भाेली पनि बयान जारी रहने

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज ३ घण्टा बयान लिइएको छ । जिल्ला अदालत कास्कीले सभापति लामिछानेसँग  बयान लिएको हो । अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको हो । न्यायाधीश नितिज राईसँग उनले अभियोगपत्रमा भनेजस्तो कुनैपनि कसूरमा संलग्न नरहको दावी गरेका छन् […]

Continue Reading

ओलम्पिक कमिटीको निर्वाचन गर्न सर्वोच्चले लगायो रोक

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचन लगायतका कुनै पनि कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले बिहीबार नेपाल ओलम्पिक कमिटीसहित सबै विपक्षीको नाममा यस्तो आदेश जारी गरेको हो । कमलबहादुर चित्रकारले दर्ता गराएको रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन लगायतका गतिविधि तत्काल नगर्न र यस्तो […]

Continue Reading