मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

 सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख  छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए  । उहाँले निजको अवस्था सामान्य रहेको बताउनुभयो ।  मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले भने  […]

Continue Reading

सरकारी कर्मचारीलाई नेपालमै उत्पादित पोशाक अनिवार्य, उपहार पनि स्वदेशी दिनुपर्ने

सरकारी कर्मचारीले नेपालमै उत्पादित पोशाक लगाउनुपर्ने भएको छ ।यस्तो व्यवस्था सहितका प्रावधान समेटेर सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१’ ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको निर्देशिकामा सार्वजनिक निकायमा कार्यरत कर्मचारी र पदाधिकारीले स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने प्रावधान छ । निर्देशिकाको ५ नम्बर बुँदामा ‘स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने’ सम्बन्धी व्यवस्था […]

Continue Reading

आजको विदेशी मुद्राको विनिमय दर

११ पुस, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर […]

Continue Reading

रानी ब्रान्डको ताेरिकाे तेलमा कैफियत

वीरगन्ज । त्रिवेणी ग्रुपको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित ‘रानी’ ब्रान्डको ताेरिकाे  तेल घ्युजस्तै जमेको फेला परेको छ । बजारमा फेला परेको ब्याच नं. ०१, प्याकेट ०८१–०४ लेखिएको ‘रानी’ब्रान्डको कच्ची घानी सरसोको तेल ग्रेड–१ उल्लेख भएको तेलको प्याकेट घ्युजस्तै जमेको फेला परेको हो । अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित ‘रानी’ ब्रान्डको ताेरिकाे  तेलमा मानव स्वास्थ्यका […]

Continue Reading

‘नेकपा’ ब्युँत्याउने गृहकार्य

काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । कम्युनिस्ट पार्टीलाई एकीकृत गर्नका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई राजनीतिमा सक्रिय बनाउन लागिएको छ । राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तिलाई सक्रिय राजनीतिमा ल्याउन हुने नहुने ’boutमा अहिले बहससमेत सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट दुई […]

Continue Reading

कजकस्तानको दुर्घटनाग्रस्त बिमानवाट २५ जनाको जिबितै उद्धार

कजाकस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । सो दुर्घटनामा परी दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा २५ जनालाई जिबितै उद्धार गरिएको छ । अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित उक्त विमानले अक्ताउ सहर नजिकै आपतकालीन अवतरण गर्ने प्रयास गर्दा आगलागी भएको थियो। अजरबैजान एयरलाइन्सको उडान जे २– ८२४३ अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि […]

Continue Reading

भीम रावललाई साधारण सदस्यसमेत नरहने गरी एमालेले हटायो

काठमाडौँ । नेकपा एमालेले पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग भिडेका रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो । एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट […]

Continue Reading

अब एउटा जिल्लाभित्र कारोबार गर्ने सहकारीमा १० लाख मात्र बचत गर्न पाइने

सरकारले सहकारीसँग सम्बन्धी अध्यादेश मार्फत् बचत तथा ऋणको सीमा निर्धारण गरेको छ।मन्त्रिपरिषद्ले मंगलबार साँझ पारित गरेको अध्यादेश अनुसार अब सहकारीमा कुनैपनि व्यक्तिले ५० लाख भन्दा बढी रकम जम्मा गर्न पाउने छैन। अध्यादेश राष्ट्रपतिले जारी गर्न भने बाँकी छ। अध्यादेशले एउटा जिल्ला भित्र मात्र कार्यक्षेत्र रहेको बचत तथा ऋण सहकारी संस्थामा १० लाख रुपैयाँको सीमा तोकेको छ।त्यस्तै एक […]

Continue Reading

अन्तरिक्षमा भेटियो पृथ्वीको भन्दा १४० खर्ब गुणा ठुलो जलाशय

न्यूयोर्क । अन्तरिक्षमा एउटा विशाल जलाशय फेला परेको छ । यसको आकार पृथ्वीमा रहेका महासागरहरू भन्दा १४० खर्ब गुणा ठुलो भएको बताइएको छ । यो जलाशय सुपरम्यासिभ ब्ल्याक होलको नजिक छ । यो ब्ल्याक होल हाम्रो सूर्यभन्दा करिब २० अर्ब गुणा ठुलो भएको बताइएको छ । क्यालिफोर्नियाको पासाडेनामा रहेको नासाको जेट प्रोपल्सन प्रयोगशालाको टोलीले यो रहस्य पत्ता […]

Continue Reading

के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ ? यस्तो छ चिकित्सकको सुझाव

के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ ? विहान झिस्मिसेमै वाकका लागि निस्कने गरेकाे छ भने तालिका परिवर्तन गर्नुहोला किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ छ । गर्मीयामको तुलनामा चिसोयाममा हावामा प्रदूषणबढी हुन्छ । घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ । त्यसैले एकाविहानैको हावा बढी प्रदूषित हुने […]

Continue Reading