वर्ष २०२४ : नेपालमा सत्ता दाउपेचको वर्ष

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अंग्रेजी नयाँ वर्ष २०२४ मा नेपालमा सत्ता गठबन्धन बनाउने र भत्काउने खेल तीव्र भयो । प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले र माओवादी आलोपालो एकले अर्कोलाई सत्ताबाट गिराउने खेलमा व्यस्त रहे ।

प्रतिनिधिसभामा ३२ सिट भएको माओवादी केन्द्रले ‘जादु’ चलाउन खोज्दा सत्ताबाट सडकमा पुग्नु पर्‍यो । गत आमनिर्वाचनमा कांग्रेससित गठबन्धन गरी सत्ता सहकार्य गरेका माओवादी अध्यक्ष एवं पुष्पकमल दाहालले ३२ सिटको जादु चलाएर २०८४ को निर्वाचनसम्म प्रधानमन्त्री हुने सपना पूरा भएन । प्रधानमन्त्रीका लागि ‘दायाँबायाँ’ नीति लिँदै आएका उनलाई कांग्रेस र एमालेले सडकमा पुर्‍याए ।

४ मार्च २०२४ मा तत्कालीन प्रधानमन्त्री दाहालले कांग्रेसका मन्त्रीले काम गर्न अड्चन गरेको र दीर्घकालीन रूपमा वाम एकताको आधार बनाउने भन्दै एमालेसँग काँध मिलाए । कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्री हुने सहमति गरेका दाहालले करिब १४ महिने सहकार्य तोड्दै एमालेसँग गठबन्धन गरेका थिए ।

त्यतिबेला दाहाल सरकारका अर्थमन्त्री प्रकाशरण महतले पूर्वलडाकुलाई व्यवस्थापन गर्न आवश्यक रकम विनियोजन गर्न अस्विकार गरेपछि दाहाल बिच्किएका थिए । कांग्रेससँग सहकार्य तोडेपछि दाहालबाट आफूले धोका पाएको देउवाले सार्वजनिक रूपमा बताए । एमाले र माओवादीको त्यो पुनर्मिलन थियो । मार्च ४ मा ओली र दाहाल गठबन्धन बनाएपछि वामपन्थी एकताको रटान लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *