मधेस प्रदेश सरकारले ६ सय बढी सीमान्तकृत छात्रालाई छात्रवृत्ति दिने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि
सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्च शिक्षामा पहुँच बढाउन मधेस प्रदेश सरकारले मधेस प्रदेशका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने भएको छ।  दलित, विपन्न, मुस्लिम तथा जेहेन्दार गरी चार समूहमा बाँडेर

छात्रवृत्ति प्रदान गर्न लागेको मधेस प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक ठूलोबाबु दाहालले बताए। छात्रवृत्ति पाउँनेहरुको छनोट अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

उनका अनुसार छात्रवृत्तिका लागि छनोटमा परेका निर्धारित समूहका छात्रालाई सामान्य धारतर्फ २५ हजार र प्राविधिक धारतर्फ ३५ हजार रुपैयाँ वार्षिक छात्रवृत्ति रकम दिइने छ।

प्रदेश सरकारले सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा एक करोड पचास लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमजोर तथा जेहेन्दार छात्रालाई उच्चशिक्षा हासिल गर्न सुविधा हुने र आत्मबल वृद्धि गर्ने उद्देश्यले कार्यक्रम छात्रा छात्रवृत्ति ल्याइएको बताए। उनले आर्थिक कारणले नै छात्राको पढाइ अवरुद्ध हुने गरेको अनुभवका आधारमा छात्रवृत्ति दिएर छोरी शिक्षालाई प्रदेशमा प्रवर्द्धन गर्न थालिएको पनि उल्लेख गरे।

मधेस प्रदेशमा जन्मिएर देशका कुनै पनि सामुदायिक सार्वजनिक शिक्षण संस्थामा अध्ययनरत निर्धारित समूहका छात्रालाई दरखास्त दिन गत मंसिरमा आह्वान गरिएको थियो । जनकपुरधामस्थित प्रदेश शिक्षा निर्देशनालय र प्रदेशका आठ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमा दरखास्त दिने व्यवस्था गरिएको थियो ।

प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक दाहालले निर्देशनालयमा एक हजार ७१ वटा दरखास्त परेको र विभिन्न जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइहरूबाट दरखास्त संकलन भइरहेको जानकारी दिए।

छनोटमा परेका छात्रालाई सीधा खातामा जाने गरी छात्रवृत्ति रकम पठाइने निर्देशनालयका अधिकृत थनेश्वर यादवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *