सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको हृदयाघातका कारण निधन

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयाघातका कारण शुक्रबार राति निधन भएको छ । उनलाई हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिए पनि बचाउन नसकिएको पारिवारिक स्रोतको भनाइ छ ।

उनी २०६५ साल भदौ २२ मा न्यायाधीश नियुक्त भएका थिए । पदावधि नथपिएपछि उनले २०७० चैत २९ मा अवकाश पाएका थिए ।वस्ती करिब ६ वर्षसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश पदमा रहेका थिए ।

उनका छोराछोरी अमेरिकामा रहेका कारण आइतबार मात्र अन्तिम दाहसंस्कार गरिने सूचना प्राप्त भएको सर्वोच्चका प्रवक्ता अच्युतप्रसाद पुडासैनीले जानकारी दिए। उनको शव श्रद्धाञ्जलीका निम्ति नर्भिक अस्पतालमै राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *