शेरा दरबारको झण्डै १६८ रोपनी जग्गा जफत गर्न सीआईबीको सिफारिस

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले सरकारको नाममा ल्याउनुपर्ने बताए । त्यसका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको उनले जानकारी दिए । जग्गाका विषयमा अख्तियारलाई समेत जानकारी सहितको पत्र पठाइएको उनले बताए । सीआईबीले चार महिनाभन्दा बढी लगाएर जग्गाको अनुसन्धान गरेको जनाएको छ ।

राष्टिय एकताका प्रतिक राजा पृथ्वीनारायण शाहले नुवाकोटमा एक सय ८४ रोपनीमा शितकालीन दरबार निर्माण गरेको र त्यो जग्गामा अधिकांश व्यक्तिको फर्ममा पुगेको अनुसन्धानमा फेला परेको सिआइबीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *