राष्ट्रिय स्वतन्त्र पार्टीले २०८२ बैशाख अन्तिम साता प्रथम महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको सचिवालय बैठकले साे कार्यतालिका सार्वजनिक गरेको हो । बैठकले ६० जिल्लामा भेला गरेर तदर्थ समिति गठन गरने निणय गरेको छ ।
पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार १२ जिल्लामा भेलाका मिति तय गरिएको जनाएको छ । हिमाली जिल्ला मध्ये ५ स्थानमा भने जाडोको समयमा भेला सम्भव नभएकाले फागुनमा हुने बरालले जानकारी गराए ।
मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला र पूर्वी रुकुममा जाडो समय सकिएपछि भेला गरेर नयाँ समिति बन्ने बरालले जानकारी गराए । करिब चार सय वडामा भेला सकिएको निर्वाचन रास्वपाले जानकारी गराएको छ ।