सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न निर्णय सार्वजनिक गरेका हुन ।सञ्चारमन्त्री गुरुङले सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको निर्णय बैठकले गरेको जानकारी दिए ।
यसैगरी, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।