एमालेका पूर्व सांसद मीना गुरुङ पक्राउ

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सांसद मीना गुरुङ पक्राउ परेकि छिन् । पूर्वप्रदेश सांसद गुरुङलाई मंगलबार कास्की प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

कास्की प्रहरीले गरेको अनुसन्धानपछि गएको शुक्रबार र आइतबार गरी जिल्ला अदालत कास्कीमा पेश गरेको अभियोजनपत्रमा मीनालाई पनि फरारको सूचीमा राखेर अभियोजन दर्ता गरिएको थियो ।

गुरुङलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालत खुल्नासाथ अदालत पेश गरिने प्रहरीले जनाएको छ । मीना अघिल्लो गण्डकी प्रदेशसभामा एमालेको तर्फबाट समानुपातिक सांसद बनेकि  थिइन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *