अन्तरिक्षमा भेटियो पृथ्वीको भन्दा १४० खर्ब गुणा ठुलो जलाशय

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

न्यूयोर्क । अन्तरिक्षमा एउटा विशाल जलाशय फेला परेको छ । यसको आकार पृथ्वीमा रहेका महासागरहरू भन्दा १४० खर्ब गुणा ठुलो भएको बताइएको छ । यो जलाशय सुपरम्यासिभ ब्ल्याक होलको नजिक छ ।

यो ब्ल्याक होल हाम्रो सूर्यभन्दा करिब २० अर्ब गुणा ठुलो भएको बताइएको छ । क्यालिफोर्नियाको पासाडेनामा रहेको नासाको जेट प्रोपल्सन प्रयोगशालाको टोलीले यो रहस्य पत्ता लगाएको हो ।
के भन्छन् वैज्ञानिकहरू ?
वैज्ञानिकहरूका अनुसार यो जलाशय ब्रह्माण्डमा १२ अर्ब प्रकाश वर्षको दुरीमा छ । यो जलाशय ब्रह्माण्डको उद्गम भएको केही समय पछिदेखि नै यहाँ रहेको अनुमान गरिएको छ । यसको वरिपरि एक खगोलीय पिन्ड (क्वासर) छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *