एघारौं संस्करणको मिसेस हिमालयन नेपालको उपाधि कविता बिशुंखेले चुमेकि छिन । काठमाडौंको थलीकी सौन्दर्यकर्मी कविता बिशुंखेले राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न विवाहित महिलाहरूको उक्त सौन्दर्य प्रतियोगितामा ताजसँगै नेपाल फेशन एण्ड इन्टरटेनमेन्ट इन्टरनेसनल अर्वाड जापान २०२५ को लागि इन्ट्री प्याकेज समेत प्राप्त गरिन । हिमालयन मुभिजद्वारा आयोजित कार्यक्रममा सारिका महतो फष्ट रनर अप तथा सुशीला न्यौपाने सेकेण्ड रनरअप भइन ।
प्रतियोगीहरूलाई चर्चित फेशन कोरियोग्राफर हिमानी सुब्बाले करिव तीन सातासम्म नृत्य, क्याटवाक, व्यक्तित्व विकास बोलीचाली अभ्यास, स्टेजको प्रस्तुतिलगायत अन्य विविध विषयमा तालिम दिएकि थिइन । प्रतियोगीले विविध सबटाइटल अर्वाडसमेत प्राप्त गरेका थिए । जसमा विजेता कविताले मोष्ट इन्टिलिजेन्ट, सारिका महतो मोष्ट कन्फिडेन्ट, सुशीला न्यौपाने मोष्ट डिलाइटफुल, पब्लिक चोइस भिडियो र मोष्ट पपुलर, तारा विश्वकर्मा मोष्ट डिलिजेन्ट, सर्जुना शाही मोष्ट स्मार्ट, मनशोभा महर्जन मोष्ट एक्टिभ, सरस्वती थापामगर वेष्ट ट्यालेन्ट, सुजिता गुरुङ वेष्ट पर्सनालिटी, निर्मला चौधरी मोष्ट प्यासोनेट, शोभा चौलागाई दंगाल मोष्ट डिसेन्ट, भुमा तामाङ मोष्ट ग्रेसफुल र रेखा भट्टराई वेष्ट फोटोजेनिक बन्न सफल भएका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता मोडल दिक्पाल कार्की, अभिनेता इभेन्टकर्मी सिद्धार्थ सिंह, कस्मेटोलोजिस्ट डा.रेखा थापा, मिसेस मंगोल नेपाल २०२४ प्रतिभा पुलामीमगरका साथै मिसेस नोवेल नेपाल २०२४ सिरोसा सापकोटा रहेका थिए ।