भक्तपुरमा घरभित्रै बाबुछोराको हत्या, अर्का छोरा सम्पर्कबिहीन

मुख्य समाचार समाचार सुचना/प्रबिधि

काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव भेटिएको छ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविनको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको भक्तपुर प्रहरीले जानकारी दिएकाे छ ।

मृतक दुवैको शरीरमा चोट देखिएको छ । सँगै बस्दै आएका कुलप्रसादका जेठा छाेरा भने सम्पर्कबिहीन छन् । उनको खोजी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *