सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायलाई अलग–अलग गर्ने गरी तयार गरिएका दुई विधेयकहरूलाई संसदमा पेस गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गरेको छ भने कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा श्रीराम सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।
प्रवक्ता गुरुङले मुलुकमा आर्थिक लगायतका धेरै समस्या देखिएका कारण ठुला दल मिलेर स्थायित्वका लागि सरकार बनाउनुपरेको बताए ।राष्ट्रिय राजनीतिकको अस्थिरता अन्त्य गर्दै मुलुकको समृद्धि र विकासमा सरकारको ध्यान रहेको उनले बताए ।
गुरुङले वर्तमान सरकार बनेको प्रति केहीलाई चित्त नबुझेकाले विभिन्न भ्रम छर्ने कोसिस भइरहेको जिकिर गरे । उनले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने बताए । गुरुङले ८४ सम्म दुई दल मिलेर सरकार बनाउने र त्यसपछि ठुला दलहरू नै प्रतिस्पर्धामा उत्रिने धारणा राखे ।