हिटरको ग्यास लिक भएर आगलागी हुँदा घर जलेर नष्ट

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

हिटरको ग्यासको लिक भएर आगलागी हुँदा घर जलेर नष्ट भएको छ। काठमाडौंको टोखा नगरपालिका-६ धापासी कुँवर कोलोनी नजिकै शिव मन्दिर मार्गमा रहेको भाइकाजी श्रेष्ठको साढे ३ तलाको घर जलेर नष्ट भएको हो।

पहिलो तलामा हिटर ताप्ने क्रममा बिहीबार साँझ ५ बजेर २३ मिनेटमा आगो लागी हुँदा घरको भित्री भाग जलेर पूर्णरूपमा नष्ट भएको हो। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, महानगर प्रहरी, टोखा नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको हो। क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *