पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललगायत फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्ने भएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ ।
रवि हिरासतमा सुतिरहेको फोटो डा.निकोलसको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका छन् । उनले तस्बिर हटाए पनि सञ्जालमा छ्यापछ्याप्ती छ ।