पोखरा – कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना यात्रु घाइते भएका छन्।
अन्नपूर्ण गाउँपालिका–१० बतासेडाँडामा नयाँपुलबाट घान्द्रुतर्फ जाँदै गरेको ग १ ज ८६२१ नम्बरको स्कार्पियो बिहीबार दिउँसो दुर्घटना भएको हो।
दुर्घटनामा परेर मुस्ताङको थसाङ गाउँपालिका–१ की ७० वर्षीया भीमकुमारी थकालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले बताए।
घाइते ४ जनालाई उद्धार गरेर पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ। सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पताल ल्याइको पाठकले जानकारी दिए।
स्कार्पियोमा चालकसहित ७ जना सवार थिए। चालकसहित एक यात्रु भने सकुशल रहेकी छन्। स्कार्पियोमा सवार आन्तरिक पर्यटक रहेको ट्राफिक प्रहरीले जनाएको छ।