आज सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । सो अवसरमा काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको झण्डासहित र्याली निकालिएको छ ।
सन् १९६२ डिसेम्बर १६ अर्थात् २०१९ पुस १ गते संयुक्त राष्ट्र संघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरिएको दिनको सम्झनामा सात वर्ष अघिदेखि पुस १ गते राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो ।