मनकामना केबलकार पुष एक र दुई गते बन्द

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ।मनकामना दर्शन प्रालिका अनुसार  मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने लागेकाे हाे ।

टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने  बताइएकाे छ । सो अवधिभर ‘वटम स्टेशन’ स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने  प्रालिले जनाएको छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थी लाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो। केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *