स्तरोन्नती कार्य भइरहेको पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडकखण्डको अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेतीपुलसम्मको खण्ड अवरुद्ध हुने भएको छ।
स्तरोन्नती कार्य अन्तर्गत मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले जानकारी दिए ।
कोत्रेखोलाको पुलसम्म स्तरोन्नतीको हुने भएकोले सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले बन्द गरिएको उनीले बताए ।
थापाका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने भएको छ।
अत्यावश्यक एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने सञ्चालनमा आउने जानकारी दिदै थापाले आंशिक रुपमा प्रभावित हुने भएकोले एक पटकमा बढीमा एक घण्टाको लागि सडक अवरोध हुने जानकारी दिए ।