गत साउन २५ गते काठमाडौंको कमलादीमा भासिएको सडकको पुनर्निर्माण सकिएको छ । कमलादीमा भासिएको सडक पुनर्निर्माण गरेर सवारी आवागमनका लागि तयार भएको हो।
यो सडकमा बिहीबार बिहानदेखि यातायात सञ्चालन भएकाे काठमाडौं महानगरपालिकाले जनाएकाे छ । काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै भासिएको सडक पुनर्निर्माणका लागि असोज १८ मा सम्झौता भएको थियो ।
मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित काम सुरू गरिएको थियो । तर, तोकिएको समयभन्दा केही दिन ढिला गरी हिजाे बुधबार मात्रै काम सकिएको हो ।