एजेन्सी । देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूस पुगेका छन् । विद्रोहीको सामना गर्न नसकेपछि सिरियाका राष्ट्रपति बसर अल असद परिवार सहित रुसको राजधानी मस्को पुगेका हुन् ।
विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।
तर उनी परिवारसहित कहाँ गए भन्ने खुलेको थिएन । कतिपयले असद चढेको प्लेन दुर्घटना भएको अफवाह फैलाएका थिए ।बसर अल असद २४ वर्षदेखि सिरियाको सत्तामा थिए । असद परिवारको शासन भने ५० वर्षसम्म चलेको थियो ।