खेलाडी बिदेश पलायन हुनु दुखद : खेलकुदमन्त्री चौधरी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौँ — खेलाडी बिदेश पलायन हुनु दुखद भएकाे बहालवाला मन्त्रीले स्विकारेका छन ।उनले उत्त स्विकाराेत्ती नेपालको महिला राष्ट्रिय भलिबल खेलाडी अस्ट्रेलिया पलायन भएको घटना सुनाउदै सराेकारवाला  युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताएका हुन  । उनले खेलाडीहरूको विदेश पलायन रोक्न जरुरी रहेको पनि बताए ।

नेपाल आँखा अस्पतालको साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त जानकारी गराएका हुन् ।

अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई सरकारले रोजगारी र स्वास्थ्यमा सुविधा दिन नसकेको मन्त्री चौधरीको भनाइ थियो । उनले खेलाडीको स्वास्थ्य बीमा पनि राम्रोसँग गर्न नसकेको भन्दै सरकार त्यसतर्फ लागिपरेको बताए । उनले एक हप्ताअघि मात्रै भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएको बताए ।

‘नेपालमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरूलाई हामी नेपाल सरकारले न रोजगारी दिन सकेका छौँ, न त स्वास्थ्यमा सुविधा दिन सकेका छौँ । उहाँहरूको राम्रोसँग बीमा पनि गर्न सकेका छैनौँ,’ मन्त्री चौधरीले भने, ‘हाम्रो धेरै खेलाडी अहिले विदेश पलायन भइसकेको छ । हालै काभा भलिबल प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेको सरस्वती चौधरी एक हप्ताअघि अस्ट्रेलिया पुगिसकेको छ ।’

मन्त्री चौधरीले पुरुष भलिबलबाट सन्यास लिएका क्याप्टेन मानबहादुर श्रेष्ठ एक महिनाअघि अस्ट्रलिया पुगिसकेको बताए । नेपालमा खेलकुद उत्सवजस्तै भइरहेपनि खेलाडीहरूलाई सरकारले सुविधा दिन नसकेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *