काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बनेको कीर्तिमानी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।
विराटनगरले लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भयो । अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक थियो । क्रिजमा सन्दीप लामिछाने र दिपक बोहरा थिए ।
विवेकले पहिलो बलमा सन्दीपलाई दुई वाइड फालेपछि आउट गरे । त्यसपछि उनले दोस्रो बलमा क्रिस सोललाई डट फाले । तर त्यसपछि भने सोलले लगातार तीन बाउण्ड्री हान्दै खेल जिताए । सोलले तेस्रो बलमा छक्का तथा चौथो र पाँचौ बलमा लगातार चौका हाने ।
मार्टिन गुप्टिलले २८ रन बनाए । प्रतिश जिशि ६, राजेश पुलामी ४ , कप्तान सन्दीप लामिछाने १ रनमा आउट भए । क्रिश शोलले अन्तिम ओभरमा ४ बलमा १४ रन बनाएर इनिङको समाप्ति गरे भने दिपक बोहरा ८ बलमा ९ रन बनाएर अविजित रहे। निकोलस किर्तनलाई बोल्ड गर्दै शून्यमै पेभेलियन फर्किए।