श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत सोमबार फूलबारी लीला सकिएको छ । महोत्सवको दोस्रो दिन फूलबारी लीला गर्ने परम्परा अनुसार नै सोमबार लीला सम्पन्न भएको हो ।
जनकपुरधामको ऐतिहासिक महत्वको विवाह मण्डपमा सोमबार साँझ फूलबारी लीलाको आयोजना गरिएको जानकारी दिदै उनि भन्छन ‘यहाँ राम, लक्ष्मण र सीताको प्रतिकात्मक रूपमा त्रेतायुगमा बगैंचामा फूल टिप्न आएका बेला भेट भएको धार्मिक विश्वास छ । त्रेता युगलाई स्मरणीय बनाउन यसप्रकारको कार्यक्रम गरिएको हो’, ।
साताव्यापी विवाह पञ्चमी महोत्सवको आइतबार मङ्सिर १६ गते नगर दर्शन, सोमबार दोस्रो दिन फूलबारी लीला, मंगलबार आज धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंम्बर र शुभविवाहकाे मुख्य समाराेह तथा २२ गते रामकलेवा पछि पर्वको समापन गरिन्छ ।