चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिए

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जयपुर, मङ्सिर ८ गते । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उन पोष्ट मोर्टम गरेन । तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनि ब्यूँझिएको चिकित्सा अधिकारीहरुले आज बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रोहिताश विरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर उनको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उनलाई मृतकहरु राख्ने कक्षमा पठाइयो । परिवारजनले उनको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी गरे । भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग (मिर्गी)को समस्या देखिएको रहेछ ।

अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने , “एक जना चिकित्सकले पोष्टमार्टम नगरी पोष्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।” “चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरु भएपछि मलामीका रुपमा गएका मानिसहरुले उनि जीवित रहेको र सास फेरिरहेको पाएपछि उनलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भने ।

रोहिताशलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो । अधिकारीहरुले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन् ।

साभार ः रासस/एएफपी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *