सुनसरीको खनार नजिकै शान्ति चोकमा बसको ठक्करबाट एक छात्राको घटनास्थलमै मृत्यु भएको छ।मृतक इटहरीस्थित जनता माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया सम्झना यादव रहेको प्रहरीले जनाएको छ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले साइकलमा सवार यादवलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर भएकि यादवको घटनास्थलमै मृत्यु भएको थियाे ।
दुर्घटनापछि भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका छन्। बसमा आगजनी सुरु भएपछि यात्रुहरू आ-आफ्नो ज्यान जोगाउन बसबाट उत्रिएर भागेका थिए।
आगजनी र तनावले त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।