भैरबनाथ बचत तथा ऋण सहकारी सस्था लि. इखालखु ललितपुरले १४औं बाषिर्क साधारण सभा सम्पन्न गरेको छ। सस्थाका अध्यक्ष रत्नेश्वोर गुरुआचार्यको अध्यक्षतामा सम्पन्न सो सभाले आव २०८०/०८१ को बाषिर्क प्रतिबेदन, लेखा परीक्षण प्रतिबेदन, आव २०८०/०८१ को वासलात, आयव्यय विवरण, नगद प्रवाह विवरण पारित गरेको छ
यसैगरि सभाले आव २०८१/०८२ को लक्ष्य तथा लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने लगायत प्रस्तावहरु साधारण सभाले पारित गरेकाेछ ।
चालू आवमा सस्थाको शेयर पुजी ४७ लाख ३० हजार ६०० रुपैयाँको भएको छ भने बचत तथा निक्षेप २ करोड ३९ लाख १७ हजार ९१० रुपैयाँ ०३ पैसाको हुँदा कर्जा सापटि १ करोड ५६ लाख ६१ हजार ८०० रुपैयाँको भएको छ। विविध कारोबार गरि चालू आवमा सस्थको कुल कारोबार ३ करोड ३८ लाख ८९ हजार ८२० रुपैयाँ ६५ पैसाको हुन आएको छ सभामा जानकारि दिइयाे ।