वर्ल्डलिंकले बुझायो दुई अर्ब १५ करोड कर

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

कर विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले कर तिर्नुपर्ने फैसला गरिदिए पछि वर्ल्डलिंक कम्युनिकेसनले दुई अर्ब १५ करोड रूपैयाँ कर बुझाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका  अनुसार वर्ल्डलिंकले शुक्रबार दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार कोष (आरटिडिएफ) बापत बक्यौता रहेको दुई अर्ब १५ करोड रूपैयाँ एकमुस्ट बुझाएको हो।

आर्थिक वर्ष ०६९/७० देखि ०७९/८० सम्मको रोयल्टी र आरटिडिएफ तथा त्यसमा थपिँदै आएको ब्याज र जरिवानासहितको रकम कम्पनीले बुझाएको हो।

वर्ल्डलिंकले सबै बक्यौता तिरेकोले अब सामान आयत, भेण्डरलाई दिनुपर्ने रकम भुक्तानीको लागि विदेशी मुद्राको सटही सुविधा पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *