दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

 दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा  राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ । यो फैसलाले अर्को राष्ट्रपति निर्वाचनमा भाग लिनबाट उनलाई रोक्न सक्छ ।

सियोल केन्द्रीय जिल्ला अदालतले मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङलाई सार्वजनिक आधिकारिक निर्वाचन ऐनको उल्लङ्घन गर्दै झुटो बयान दिएकोमा दोषी ठहर गरेको हो ।

अदालतले उनलाई एक वर्षको जेल सजाय र दुई वर्षका लागि राजनीतिक प्रतिस्पर्धामा सहभागी हुनबाट निलम्बन गरेको अदालतको प्रवक्तालाई  उदृत गर्दै एएफपीले जनाएको छ ।

यो मुद्दा सन् २०२२ को चुनावी अभियानमा लीले दिएको बयानसँग सम्बन्धित छ ।फैसलापछि ली का आक्रोशित समर्थकहरू अदालत बाहिर भेला भई उनको पक्षमा नाराबाजी गरेका थिए । नेता ली ले फैसलालाई कोरियाली इतिहासको कालो दिन मान्ने वाचा गर्दै फैसला स्वीकार गर्न निकै गाह्रो  भएको बताए  ।

उनले भने  “मलाई विश्वास छ कि हाम्रा जनताले सामान्य ज्ञान र न्यायको भावना प्रयोग गरेर आफ्नै निष्कर्षमा पुग्न सक्छन् ।” सन् २०२७ मा हुने दक्षिण कोरियाको आगामी राष्ट्रपति चुनावमा ली लाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ । यद्यपि ली ले धेरै कानुनी मुद्दाहरूको सामना गर्नुपरेको छ ।

ली ले सन् २०२१ डिसेम्बरमा विवादास्पद विकास परियोजनाका प्रमुख व्यक्तित्व किम मुन–कीलाई नचिनेको भनी झूटो बयान दिएका  थिए  । किम केही दिन अघि मृतफेला परेका  थिए  तर उनको मृत्युको बारेमा प्रहरीले प्रमाण फेला नपारेको जनाएको छ । अभिआयोजकहरूले ली लाई दुई वर्षको जेल सजायको माग गरेका थिए ।

सन् २०२१ मा संसदीय सुनुवाइका क्रममा भूमि, पूर्वाधार र यातायात मन्त्रालयले स्थानीय अधिकारीहरूलाई अर्को विवादास्पद विकास परियोजनाका लागि ‘दबाब’ दिएको भन्दै झूट बोलेको आरोप पनि ली माथि लगाइएको छ ।

फैसला कार्यान्वयन भयो भने, दक्षिण कोरियाली कानुनले लीको  संसदीय सिट खारेज गरी अर्को पाँच वर्षसम्म सार्वजनिक पदका लागि प्रतिबन्ध लगाउनेछ । प्रतिबन्धले सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा उनलाई उम्मेदवार बन्नबाट रोक लगाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *