दिल्लीमा वायु प्रदूषण भयावह प्राथमिक विद्यालय अनिश्चितकालका लागी बन्द

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि स्वास्थ्य

भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि कक्षा ५ सम्मका प्राथमिक विद्यालय अनिश्चितकालसम्म बन्द गरिएको छ । त्यहाँका मुख्यमन्त्री आतिशि सिंहले राजधानी वरपरको आकाशलाई बाक्लो तुवाँलोले ढाकेपछि उक्त निर्णय गरिएको बताएकी छन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले अनलाइन कक्षा सञ्चालनमा जोड दिन आग्रह गरेकी छन् । नयाँ दिल्लीमा हिउँद लाग्ने क्रममा बढ्ने वायु प्रदूषण यो वर्ष नोभेम्बरमै गम्भीर मोडमा पुगेको बताइन्छ ।

सरकारले निर्माण कार्यमा प्रतिबन्ध लगाएको छ भने पेट्रोलियम पदार्थबाट चल्ने केही सवारी साधनमा पनि प्रतिबन्ध लगाइएको छ । दिल्ली वरपरको वायु तोकिएको मापदण्डभन्दा ५० गुणा बढी प्रदूषित पाइएको छ ।

विशेषगरी भारतको उत्तर पश्चिम भागमा यो सिजनमा खेतबारीमा डढाउने  परालबाट निस्कने धुवा र घरमा बालिने कोइलाले वायु प्रदूषण बढाउने गरेको छ । त्यसमा निर्माण सामाग्री, सवारी साधनको धुवा र औद्योगिक प्रदूषण पनि सहयोगी बन्ने गरेको छ ।

पछिल्लो केही हप्तादेखि पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित र नयाँ दिल्ली दाेस्राे प्रदूषित शहर बनेको छ । प्रदूषित शहरको सूचीमा बंगलादेशको ढाका तेस्रो र काठमाडौं नवौं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *