४० मेगावाट विद्युत् भोलि बंगलादेश निर्यात हुने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

नेपालले भाेलि शुक्रबार  ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने भएकाेछ ।  भारतले अन्तिम समयमा स्वीकृति दिएपछि  भोलि  निर्यात गरिने भएको हाे  । गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो ।

योसँगै कात्तिक ३० गते  एक दिन बिजुली बंगलादेश निर्यात गरिनेछ । नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बंगादेशलाई बिक्री गर्न पाउने सम्झौता छ ।अन्तिम समयमा स्वीकृति पाएसँगै शुक्रबार दिउँसो बिजुली पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणले  जानकारी दिएकाे छ  ।

प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् ।बंगलादेशमा विद्युत् निर्यात गर्न भारतको समेत स्वीकृति आवश्यक हुने सम्झौतामा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *