जाडो छल्न आगन्तुक चरा चितवनमा

अर्थ मनराेञ्जन मुख्य समाचार सुचना/प्रबिधि

जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको  चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएबाट थाहा हुन थालेकाे छ  ।

नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अनुसार  अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन्  भने अहिले नदी किनारमा आगन्तुक चरा देख्न थालिएको छ । योसँगै चराहरु हेर्नका लागि आउने पर्यटकसमेत आउन थालेका छन् ।

चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरु आएको र  नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको बताइन्छ ।

विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरु हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको संघले जानकारी दिएकाेछ । यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातीका चार यहाँ आउने गरेको बताइन्छ ।
संघले अहिले आएका चराहरुले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी मौसम सुरु भएसँगै यी चराहरु फर्कने गरेकाे र  तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको बताएकाे छ । अहिले हाँस प्रजातिका चराहरु आइसकेको र  अन्य चराहरु पनि आउने क्रम जारी रहेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *