मानब तस्करी आराेपित कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

विराटनगरमा पक्राउ परेका कोशीका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका एमाले प्रदेश सांसद अधिकारीलाई अनुसन्धानका लागि मंगलबारसम्म हिरासतमा राख्न अदालतबाट अनुमति दिएको छ । आरोपित अधिकारीलाई आज मोरङबाट पक्राउ गरी जहाजमार्फत काठमाडौं ल्याइएपछि अदालतमा उपस्थित गराइएको थियो ।

प्रहरीका अनुसार यसअघि पक्राउ परेका यही कसूरका अरु ६ जनालाई हिरासतमा राख्ने अवधिसम्म सांसद अधिकारीलाई म्याद मिलान गरिएको छ।

नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाइ आजमात्रै पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *