कालीकोटमा जिप दुर्घटना, ८ जनाको मृत्यु

मुख्य समाचार समाचार सुचना/प्रबिधि

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। आज दिउँसो कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।

प्रहरी कार्यालय कालीकोटका अनुसार  २० जना सवार बोलेरो जिप भिरबाट खसेको र ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।जिपको नम्बर खुलिसकेको छैन।

प्रहरी कार्यालय का अनुसार  दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त गरेको र त्यसतर्फ टोली परिचालित भइसकेको  छ   अरू विवरण प्रहरीघटना स्थल पुगेपछि थाहा हुने बताएकाे छ।जिप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *