रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयमा एकातिर बैठक, अर्कोतिर केन्द्रीय समिति बैठक बसिरहेको थियाे ।सभापति लामिछानेको पक्राउबारे लामो समयसम्म पार्टीले कुनै निर्णय नगरेको जनाउँदै केही कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका थिए ।
बिहान साढे ११ बजे डाकिएको बैठक अगावै लामिछाने समर्थकहरु प्लेकार्ड बोकेर घण्टी घर पुगेका थिए । उनीहरुले रविलाई न्याय र सहकारी पीडितको रकम फिर्ता गर्नुपर्ने माग गरे ।
प्लेकार्डमा आँटिला नेतालाई सलाम छ, डराउनेलाई आँट दिन्छौँ, आफ्नै नेताहरूलाई नो नट अगेन भन्ने दिन नआओस्, संकटमा पार्टी सम्हाल कि ठाउँ छाड लगायत नारा लेखिएका थिए।