थाइ एयरकाे बैंकक-भैरहवा उडान शुरू

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान आजबाट शुरू गरेको छ।थाइले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो ।यससँगै अब थाइले भैरहवाबाट साताको २ दिन सोमबार र बिहीबार उडान गर्नेछ ।

आज बिहान ६:५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।शुरूमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको  विमानस्थलले जनाएकाेछ ।  २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।

थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनः उडान काठमाडौंमा शुरू गर्न अनुमति पाएलगत्तै उडान भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन ।

भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर रु १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७:४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *