१०० दिन भ्रष्टाचारी बचाउनमै केन्द्रित भाे के पी सरकार : प्रचण्ड

अर्थ मुख्य समाचार राजनिति समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा केन्द्रित रहेको बताएका  छन् ।आज पार्टीनिकट  बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरू सँगको भेटमा उनले यस्तो बताएका हुन् ।

‘सरकारको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै  जे आशंका गरेका थियौँ, सय दिनको बिचमा त्यसलाई नै पुष्टि गर्ने काम भएको छ’,  उनले  भने, ‘विपक्षी दलहरूले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् । यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट छ ’

उद्योगहरूको बक्यौता महसुल उठाउन खोज्दा विद्युत  प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्नेदेखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको दाबी गरे  ।

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरूले ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै दाहालले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताए ।
उनले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको विरोधमा सडकबाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी कात्तिक १० गते देखी पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौँमा खबरदारी सभा गर्न थालिएको बताए । पार्टीको पक्षमा देशव्यापी राम्रो माहोल बन्दै गएको दाबि  गर्दै बुद्धिजीवी सङ्गठनलाई पनि सोहीअनुसार आफ्नो भूमिका बढाउन उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *