प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

अर्थ मुख्य समाचार राजनिति समाचार स्वास्थ्य
युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्‍यो ५० लाख रुपैयाँ
युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूका लागि सहयोग रकम उपलब्ध गराउको हो ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक/सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनःस्थापना गर्ने प्रयासमा ऐक्यबद्धता जनाउँदै ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाइका सामग्री पनि उपलब्ध गराइरहेको छ ।

माछापुच्छ्रे बैकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोगबापतको चेक हस्तान्तरण गरेको छ ।

केही समय अगाडि आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले २५ लाख रुपैयाँ सहायतास्वरूप प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *